समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापाको हेपी ल्यान्ड फनपार्कमा करेन्ट लागेर एक कामदारको मृत्यु

झापा । झापा जिल्लाको कनकाई नगरपालिका–२ मा रहेको हेपी ल्यान्ड फनपार्कमा करेन्ट लागेर एक कामदारको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार फनपार्कभित्रको विद्युत मर्मतको क्रममा काम गरिरहेका शिवसताक्षि नगरपालिका–९ का ४५ वर्षीय सन्तोष लिम्बुको मृत्यु भएको हो।

Advertisement

घटना बिहीबार दिउँसो साढे ४ बजेतिर भएको प्रहरीले जनाएको छ। लिम्बु फनपार्कमा बिजुलीको काम गर्दै गर्दा अचानक करेन्ट लागेर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि कनकाई नगर अस्पताल, सुरुङ्गा पुर्‍याइएको थियो, तर अस्पतालमा पुर्‍याउनासाथ चिकित्सकले मृत घोषित गरेका थिए। प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article