समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

शिकार खेल्ने क्रममा गोली लागेर एक युवाको मृत्यु, १० जना पक्राउ

डोटी जिल्लाको बडीकेदार गाउँपालिकामा शिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्किँदा एक युवकको ज्यान गएको छ। बडीकेदार गाउँपालिका–२, बर्छैनका २४ वर्षीय नरेश सार्कीको गोली लागेर मृत्यु भएको हो।

Advertisement

प्रहरीका अनुसार बिहीबार दिउँसो बडीकेदार गाउँपालिका–१, बेडुपाटा खोलाको किनारमा शिकार खेल्न गएका बेला रजेडका कमलसिंह खड्काले बोकेको भरुवा बन्दुक अचानक पड्किएको थियो। खड्काको बन्दुकबाट निस्किएको गोली सार्कीको दायाँ छातीमा लागेको थियो। गोली लाग्ने बित्तिकै घटनास्थलमै उनको मृत्यु भएको हो।

Advertisement

खड्यौलीस्थित प्रहरी चौकीका प्रमुख विरादत्त पन्तका अनुसार शिकार खेल्न गएका समूहमध्ये कमलसिंह खड्कासहित अन्य ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रजेडकै खेम खड्का, तारासिंह खड्का, गाउँपालिका–२ का तेजेन्द्र भाट, अम्मर शाह, चक्र भाट, सुनिल बम, गणेश घर्तीमगर, मानबहादुर शाह र गर्भुजाका जुलेश नामजाली मगर रहेका छन्।

प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ। अवैध रूपमा शिकार खेल्ने र हातहतियार प्रयोग गर्ने कार्यविरुद्ध कडा कारबाही गरिने प्रहरीको भनाइ छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article