समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापामा भारतबाट अवैध रूपमा ल्याइँदै गरेको ५३ लाख बराबरको मोबाइल पार्ट्ससहित एक जना पक्राउ

झापा, वैशाख ६ । झापा जिल्लामा प्रहरीले भारतबाट अवैध रूपमा भित्र्याइँदै गरेको मोबाइल फोनका पार्ट्ससहित ठूलो मात्रामा सामान बरामद गर्दै एक जनालाई पक्राउ गरेको छ। दुई फरक स्थानबाट गरिएका कारबाहीमा झन्डै ५३ लाख रुपैयाँ बराबरको मोबाइल सामान नियन्त्रणमा लिइएको हो।

Advertisement

शुक्रबार साँझ ८ बजे, भद्रपुर नगरपालिका–९ स्थित घोडामारा चोकमा प्रहरी चौकी घोडामाराबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा १८ च ४६१६ नम्बरको पिकअप गाडी जाँच गर्ने क्रममा २० कार्टुन मोबाइल पार्ट्स फेला पारेको थियो।

Advertisement

अनुमानित बजार मूल्य २९,८७,२०० रुपैयाँ बराबरका ती सामानसहित रू. ५ लाख मूल्यको गाडीसमेत बरामद गरिएको छ। सो कारबाहीमा संलग्न चालक झापा, भद्रपुर नगरपालिका–५ निवासी २३ वर्षीय राहुल कामतलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका व्यक्ति र बरामद सामानहरू आवश्यक कानुनी प्रक्रिया अघि बढाउनका लागि मेची भन्सार कार्यालय, काकडभिट्टा बुझाइएको प्रहरीले जनाएको छ।

उक्त घटनाबाट केही समयपछि, साँझ ८:५० बजे इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले अर्जुनधारा नगरपालिका–६ स्थित छाताचोकमा प्लास्टिकको बोरामा पोका पारेर बेवारिसे अवस्थामा राखिएको विभिन्न मोबाइल सामानहरू समेत बरामद गरेको छ।

उक्त सामानहरूको अनुमानित मूल्य १८,१०,२५० रुपैयाँ रहेको छ। सामग्रीहरूमा विभिन्न कम्पनीका चार्जर, डाटा केबल, इयरफोन, एअरपड, मोबाइल चार्जर खोललगायतका पार्ट्सहरू छन्।

  • Apple, Samsung, Oppo, Vivo, Realme, OnePlus जस्ता ब्रान्डका चार्जर
  • डाटा केबल (सेतो, Apple लेखिएको, Woos लेखिएको आदि)
  • Apple Aerpod र खोलहरू
  • CY co5 र अन्य ब्रान्डका इयरफोन
  • OTG डाटा केबल, NIC, विभिन्न वोल्टका चार्जरहरू

प्रहरीले बरामद गरिएका सबै सामानहरू रीतपूर्वक भन्सार कार्यालयमा बुझाईसकेको छ भने घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।

झापा जिल्लाका प्रमुख नाकाहरूमा भइरहेको नियमित जाँच र गस्तीका कारण अवैध तस्करीमा गिरोहहरू चुनौतीमा परेको देखिन्छ। सीमावर्ती क्षेत्रमा प्रहरीको सक्रियताले तस्करी नियन्त्रणमा उल्लेखनीय सफलता मिलिरहेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article