समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

ताप्लेजुङमा पाथिभरा जाने गाडीमा आगलागी: ४ जनाको दर्दनाक मृत्यु

ताप्लेजुङ, वैशाख ९ । ताप्लेजुङ जिल्लाबाट पाथिभरा मन्दिर जाँदै गरेको यात्रुबाहक गाडीमा विद्युत् सर्ट भई आगलागी हुँदा ४ जनाको मृत्यु भएको छ। फुङलिङ नगरपालिका–१० गुन्द्रे र तेर्सेको छेउको सडकमा अचानक बिजुलीको तार खस्दा मे १ ज ३०११ नम्बरको गाडीमा आगो लागेर यो दुःखद घटना घटेको हो।

Advertisement

मृत्यु हुनेमा गाडी चालक फुङलिङ नगरपालिका–१० का दुर्गा भट्टराई, ललितपुरकी १६ वर्षीया आध्या आचार्य, झापाकी ६९ वर्षीया सरिता पौडेल र ७० वर्षीय विनोद पौडेल रहेका छन्। घटनास्थलमै ज्यान गुमाएका यी चारै जना एकै गाडीमा यात्रा गरिरहेका थिए।

Advertisement

गाडीमा रहेका अन्य दुई जना यात्रुहरू – ललितपुरकी ४५ वर्षीया सविना आचार्य र उनका छोरा अभियम आचार्य घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ।

प्राप्त जानकारी अनुसार, मृतक आध्या आचार्य घाइते सविनाकी छोरी हुन् भने सरिता र विनोद पौडेल सविनाका आमा-बुबा हुन्।
दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहे पनि प्रारम्भिक अनुसन्धान अनुसार विद्युत् सर्टका कारण दुर्घटना भएको अनुमान गरिएको छ। स्थानिय प्रशासनले घटनाको थप अनुसन्धान गरिरहेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article