स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

ज्वरो र पखालाको समस्या देखिएपछि प्रहरी जवान आइसोलेसन भर्ना

बैतडी , भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटमा कार्यरत एक प्रहरी जवानलाई आइसोलेसनमा भर्ना गरिएको छ । दार्चुला घर भएका प्रहरी जवान सीमा प्रहरीचौकी झुलाघाटमा कार्यरत थिए । प्रहरी जवानलाई ज्वरो, पखाला र टाउको दुख्ने समस्या देखिएपछि आइसोलेसनमा भर्ना गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिनुभयो । ३२ वर्षीय ती जवान सीमा नाकामा खटिएका हुनाले आइसोलेसनमा भर्ना गरिएको हो । जिल्ला अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएका प्रहरी जवानको स्वास्थ्य अवस्था भने सामान्य रहेको डा जोशीको भनाइ छ ।

Advertisement

प्रहरी जवानको ‘थ्रोट स्वाब’ सङ्कलन गरेर परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको अस्पतालले जनाएको छ । यसअघि पनि जिल्ला अस्पताल बैतडीमा दुई जनालाई कोरोनाको आशङ्कामा आइसोलेसनमा भर्ना गरिएको थियो । परीक्षण गर्दा नतिजा नेगेटिभ आएपछि घर पठाइएको थियो ।

Advertisement

                 बैतडी भारतसँग सीमा जोडिएको जिल्ला भएकाले लकडाउनका बेला पनि अवैधरुपमा महाकाली नदीमा ट्युबमा तरेर आउनेक्रम नरोकिँदा कोरोना सङ्क्रमणको जोखिम बढ्दो छ । अवैध नेपाल प्रवेश रोक्न सीमा क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो ।रासस

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article