समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

रावाबेँसी गाउँपालिकाका कार्यालय सहयोगी मृत फेला

खोटाङ ।  रावाबेँसी गाउँपालिकामा कार्यरत कार्यालय सहयोगी महेश रेग्मी मृत अवस्थामा फेला परेका छन्। गाउँपालिका–१ कुभिण्डे निवासी ५७ वर्षीय रेग्मी आइतबार बिहान घर नजिकै रहेको बारीको भित्तामा मृत फेला परेको स्थानीय वडाध्यक्ष गेहेन्द्रमान राईले जानकारी दिएका छन्।

Advertisement

वडाध्यक्ष राईका अनुसार रेग्मी गएराति करिब ८:३० बजे दाजुको घरबाट फर्किँदै गरेका थिए। उनी गोरेटो बाटोबाट करिब ८/९ मिटर तल खसेर बारीको भित्तामा टाउको तल, खुट्टा माथिको अवस्थामा फेला परेका थिए।

Advertisement

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सुशान्त मिश्रले गोरेटोबाट लडेर मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको बताए। रेग्मीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल पठाइएको र घटनाबारे थप अनुसन्धान थालिएको उनले जानकारी दिए।

तत्कालीन कृषि विकास कार्यालय खोटाङमा कार्यरत रेग्मी कर्मचारी समायोजनपछि रावाबेँसी गाउँपालिकामा कार्यरत थिए। उनको परिवारमा श्रीमती, चार छोरी र एक छोरा रहेका छन्। मृतक रेग्मी १६ महिनापछि अनिवार्य अवकाश लिन लागेका थिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article