समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

रास्वपाका सभापति रवि लामिछानेको रिहाइ मागसहितको बन्दी प्रत्यक्षीकरण निवेदन हेर्न नमिल्ने

काठमाडौं, वैशाख ८। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रिहाइको माग राखी दायर गरिएको बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्च अदालतमा हेर्न नमिल्ने भएको छ।

Advertisement

न्यायाधीश हरि फुयाँलको इजलासमा परेको उक्त निवेदन हेर्न नमिल्ने निर्णय गरिएको हो। अदालतले मंगलबारका लागि पेशी तोकेको भए पनि निवेदनको प्रारम्भिक सुनुवाइ आजका लागि तय गरिएको थियो।

Advertisement

सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका लामिछानेलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी श्रीमती निकिता पौडेलले आइतबार निवेदन दर्ता गराएकी थिइन्। अब उक्त निवेदन अर्को इजलासमा तोकिनेछ र त्यसपछि मात्र सुनुवाइ प्रक्रिया अगाडि बढ्नेछ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article