समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापा कारागारमा थुनामा रहेका ५९ वर्षीय कैदी धन बहादुरको उपचारको क्रममा मृत्यु

झापा, बैशाख ८ । जिल्ला इलाम माङ्सेबुङ गाउँपालिका–४ निवासी ५९ वर्षीय धन बहादुर बिश्वकर्माको झापा कारागारमा थुनामा रहेका बेला उपचारको क्रममा मृत्यु भएको छ।

Advertisement

ज्यानसम्बन्धी मुद्दामा सजाय भोगिरहेका बिश्वकर्मालाई हाल झापा कारागारमा राखिएको थियो। मेडिकल रिपोर्ट अनुसार उहाँको घाटीमा क्यान्सरको लक्षण देखिएको थियो।

Advertisement

आज दिउँसो करिब १६:२५ बजे अचानक श्वासप्रश्वासमा समस्या देखिएपछि उहाँलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर, झापामा लगिएको थियो। तर, अस्पतालमा उपचारको क्रममा करिब १६:४० बजे उहाँको मृत्यु भएको चिकित्सकहरुले जानकारी दिएका छन्।

मृतकका आफन्तलाई घटनाबारे जानकारी दिइसकिएको जनाइएको छ। सम्बन्धित निकायले घटनाको थप अनुसन्धान अगाडि बढाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article