समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

कक्षा १२ को परीक्षा तय समयमा नै हुने, परीक्षा बोर्डको निर्णय

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएको मितिमा नै सञ्चालन गर्ने निर्णय गरेको छ। मंगलबार बिहान बसेको बोर्डको बैठकले परीक्षा नरोकिने निर्णय गरेको हो।

Advertisement

बैठकमा सहभागी एक सदस्यका अनुसार बोर्डले सबै जिल्लाका परीक्षा समन्वय समिति मार्फत कक्षा १२ को परीक्षा केन्द्र रहेका विद्यालयलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ।

Advertisement

परीक्षा यही वैशाख ११ गते बिहीबारदेखि सुरु हुँदैछ। पछिल्ला दिनमा जारी शिक्षकहरूको आन्दोलन (२१ दिनदेखि) र शिक्षामन्त्रीको राजीनामापछि परीक्षा स्थगन हुने आशंका गरिएको थियो। तर, बोर्डले परीक्षा यथासमय सञ्चालन गर्ने स्पष्ट पारेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article