समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापाको कनकाईमा ट्यांकरको ठक्करबाट साइकल यात्रीको मृत्यु

झापा, वैशाख ९ । झापाको कनकाई नगरपालिका–८ स्थित घाग्रा पुलमा आज बिहान ट्यांकरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ।

Advertisement

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ७ ख २९९७ नम्बरको पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरले अर्जुनधारा नगरपालिका–५ निवासी अन्दाजी ५५ वर्षीय लेखनाथ सापकोटालाई ठक्कर दिँदा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Advertisement

मृतक सापकोटाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ।

घटनापछि ट्यांकर र चालक कमल गाउँपालिका–१ का ४६ वर्षीय भीमबहादुर कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article