समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

पाथीभरा दर्शनमा जाँदा करेन्ट लागेर ज्यान गुमाएका ३ जनाको शव आज दिउँसो भद्रपुर ल्याइँदै

झपा, वैशाख ९ । ताप्लेजुङको पाथीभरा दर्शन गर्न जाँदै गरेका झापा भद्रपुरका तीन जनाको जीपमा करेन्ट लागेर मृत्यु भएपछि आज दिउँसो उनीहरूको शव घर ल्याइँदैछ। हिजो मृत्यु भएका तीनै जनाको शव ताप्लेजुङमा पोस्टमार्टम गरिएको थियो। आज बिहान शव झापातर्फ ल्याइएको सहयोगी विकास कोइरालाले जानकारी दिए।

Advertisement

शोकपूर्ण यो दुर्घटना ताप्लेजुङको सेवारो चोकमा हिजो बिहान ४:१५ बजेतिर भएको हो। यात्रु बोकेको मे १ ज ३०११ नम्बरको जीप सडकमा लत्रिएको विद्युतको तारमा छोएपछि आगलागी भएको थियो। घटनामा भद्रपुर ८ निवासी ७० वर्षीय विनोद पौडेल, उनकी ६९ वर्षीया श्रीमती सरिता पौडेल, र उनीहरूको १६ वर्षीया नातिनी आध्या आचार्यको ज्यान गएको हो। साथै, जीप चालक फुङलिङ नगरपालिका–१० का ४२ वर्षीय दुर्गा भट्टराईको पनि घटनास्थलमै मृत्यु भएको थियो।

Advertisement

यस दुर्घटनामा ४५ वर्षीया सबिना आचार्य र उनका ९ वर्षीय छोरा भबिमय आचार्य घाइते भएका छन्। उनीहरूलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ। मृतकहरू आफ्नै सवारी साधनमा ताप्लेजुङ पुगेका थिए भने पाथीभरा दर्शनको लागि अर्को भाडाको गाडीमार्फत गइरहेका बेला दुर्घटना भएको थियो।

यस दर्दनाक घटनाले भद्रपुरमा शोकको छाया छाएको छ। मृतक परिवारको घरमा शोक सन्तप्त आफन्तजन र स्थानीयको भिड लागेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article