समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापाको सुधार केन्द्रमा बस्दै आएकी महिलाको लडेर मृत्यु, थप अनुसन्धान जारी

झापा, ९ वैशाख । हिजो राती १०:१५ बजेको समयमा झापा जिल्ला, बिर्तामोड नगरपालिका वडा नं. ५ स्थित किरातचोकमा रहेको क्षितिज महिला विकास समाज सुधार केन्द्रमा बस्दै आएकी एक महिलाको मृत्यु भएको छ।

Advertisement

जिल्ला इलाम, इलाम नगरपालिका वडा नं. ४, बरबोटे घर भई हाल विगत तीन महिनादेखि सुधार केन्द्रमा बस्दै आएकी वर्ष अन्दाजी ५० की जिवनकला काफ्ले ट्वाईलेट जाने क्रममा लडेपछि बेहोस भइन्।

Advertisement

उनी बेहोस भएपछि सुधार केन्द्रकी संस्थापक तिलरुपा कटुवालले उनलाई तत्काल मनमोहन अस्पताल पुर्‍याएकी थिइन्। सामान्य उपचारपश्चात थप उपचारका लागि उनलाई बिर्तामोडस्थित B&C अस्पताल लगिएको थियो। तर, अस्पतालमा लगिएको केही समयमै, राती १०:५५ बजेको समयमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

कानुनी प्रक्रिया पुरा गरी मृत शरीरलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल, भद्रपुर पठाइएको छ। यस घटनाबारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article