स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

२२ हजारभन्दा बढी स्वास्थ्यकर्मी कोरोना संक्रमित

काठमाडौँ। विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ ले विश्वका ५२ मुलुकमा २२ हजारभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना भाइरस ‘कोभिड–१९’ को संक्रमण देखिएको बताएको छ।

Advertisement

शनिबार सार्वजनिक गरिएको डब्ल्यूएचओको प्रतिवेदनले गत अप्रिल ८ सम्ममा विश्वभरका ५२ मुलुकमा २२ हजार ७३ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको बताएको हो।डब्ल्यूएचओका अनुसार अहिलेसम्म सबै मुलुकबाट स्वास्थ्यकर्मीलाई भएको संक्रमणको विषयमा यकिन जानकारी आउन नसकेको कारण यो संख्या अझै बढी हुन सक्ने डब्ल्यूएचओले बताएको छ।

Advertisement

डब्ल्यूएचओले अहिले विश्वभरका स्वास्थ्यकर्मीले कोरोना भाइरसको नियन्त्रणको लागि महत्वपूर्ण भूमिका निभाइरहेको बताएको छ।कोरोना भाइरसबाट बच्न बिरामीको उपचारमा जाँदा संगठनले सिफारिस गरेको सुरक्षाको उपकरणको प्रयोग गर्न स्वास्थ्यकर्मीहरुलाई डब्ल्यूएचओले सुझाव दिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article