समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

मादक पदार्थ सेवनपछि बाबुआमाबाट लछारपछार हुँदा चार महिनाका शिशुको मृत्यु

नवलपरासी । बौदीकाली गाउँपालिका–१ अर्मलेमा मादक पदार्थ सेवन गरेका बाबुआमाको कुटपिटबाट चार महिनाका शिशुको मृत्यु भएको छ।

Advertisement

स्थानीय दीपेन्द्र परियार र उनकी श्रीमती कमला परियारले गए राति मदिरा सेवनपछिको झगडाका क्रममा आफ्नै चार महिनाका छोरालाई लछारपछार गरी गम्भीर घाइते बनाएका थिए।

Advertisement

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार गम्भीर अवस्थामा घरको बरन्डामा छाडिएको अवस्थामा स्थानीयले शिशुलाई फेला पारेपछि रामपुर अस्पताल, पाल्पा लगिएको थियो। तर उपचारका क्रममा शिशुको मृत्यु भएको हो।

शिशुको हत्या अभियोगमा २१ वर्षीय बाबु दीपेन्द्र परियार र ३५ वर्षीया आमा कमला परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

स्थानीय सुकबहादुर नेपालीका अनुसार कमला परियार केही वर्षअघि दीपेन्द्रसँग दोस्रो विवाह गरेर आएको बताइएको छ। घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article