समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

प्रादेशिक अस्पताल भद्रपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामबाबु खड्का एघारौँ तहमा बढुवा

भद्रपुर, १० वैशाख — प्रादेशिक अस्पताल भद्रपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामबाबु खडका एघारौँ तहमा बढुवा भएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालै प्रकाशित गरेको सूचनामा डा. खडकालाई वरिष्ठ कन्सल्टेन्ट दसौँ तहबाट एघारौँ तहमा बढुवा गर्न सिफारिस गरिएको उल्लेख छ।

Advertisement

भद्रपुर–१० निवासी डा. खडकाले कार्यक्षमताको मुल्यांकन प्रक्रियामा ८५.१०७६ अङ्क प्राप्त गरेका थिए। उनी जनरल सर्जनसमेत हुन्। बढुवासँगै उनी अब प्रमुख मेडिकल सुपरिटेन्डेन्ट हुने सम्भावना पनि बढेको देखिएको छ।

Advertisement

स्वास्थ्य सेवा क्षेत्रमा लामो समयदेखि क्रियाशील डा. खडकाको यो बढुवा अस्पतालको सेवा प्रवाहमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article