समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

विष सेवनले उजाडियो एक परिवार: आमासहित चारजनामध्ये तीनको मृत्यु

धनुषा । धनुषाको शहीदनगर नगरपालिका–५ मा एक हृदयविदारक घटना भएको छ। विष सेवनबाट एकै घरका तीन बालबालिकाको ज्यान गएको छ भने उनीहरूकी आमा गम्भीर अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।

Advertisement

प्रहरीका अनुसार स्थानीय सुशील साहका ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया आरुसी साहको मृत्यु भएको हो। उनीहरूकी आमा ३० वर्षीया पविता साह गम्भीर अवस्थामा रहेकी र अहिले प्रादेशिक अस्पताल जनकपुरधाममा भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

प्रहरी निरीक्षक संजीव यादवका अनुसार सोमवार साँझ करिब ६:४० बजे आमासहित बालबालिकाले विष सेवन गरेको अवस्थामा फेला पारिएको थियो। तत्काल उपचारका लागि लैजाने क्रममा तीनै बालबालिकाको मृत्यु भएको हो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article