समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

मन्त्रिपरिषद् हेरफेर : रघुजी पन्त बने शिक्षा मन्त्री, ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

काठमाडौं, २३ अप्रिल । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् हेरफेर गरेका छन्। यसअघि २५ सदस्यीय रहेको मन्त्रिपरिषद् अब २४ सदस्यीयमा झरेको छ।

Advertisement

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी रघुजी पन्तलाई दिइएको छ। पूर्वमन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि पन्तलाई शिक्षा मन्त्रालयको नेतृत्व दिइएको हो। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनको शपथग्रहण समारोह भोलि बिहीबारका लागि तय गरिएको छ।

Advertisement

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई पदबाट बर्खास्त गरेका छन्। उनको स्थानमा नयाँ नियुक्ति बारे भने तत्काल केही खुलाइएको छैन। यस हेरफेरसँगै सरकारको आन्तरिक सन्तुलन र कार्यशैलीमा के असर पर्छ भन्ने विषयमा राजनीतिक विश्लेषण सुरु भएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article