समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

आन्दोलनकै बीच शिक्षकले शिक्षक कुटे, एक जना गम्भीर घाइते

काठमाडौं, वैशाख १३ । काठमाडौंको बिजुलीबजारमा जारी शिक्षक आन्दोलनका क्रममा एक जना शिक्षक कुटिएका छन्।

Advertisement

शनिबार दिउँसो करिब १ बजे नेपाल शिक्षक महासंघको राष्ट्रिय आन्दोलनमा सहभागी भएका धनगढीका ५४ वर्षीय केशवराज जोशीमाथि कुटपिट भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिएका छन्।

Advertisement

बोहराका अनुसार आन्दोलनमा सहभागी करिब १५–२० जना शिक्षकको समूहसँग मतभेद हुँदा जोशीमाथि कुटपिट भएको हो। घटनापछि प्रहरीले जोशीलाई उद्धार गरी उपचारका लागि सिभिल अस्पताल पुर्‍याएको छ।

जोशीको टाउकोमा चोट लागेको र शरीरका विभिन्न भागमा पनि चोटहरू देखिएको प्रहरीले जनाएको छ। हाल उनको अस्पतालमा उपचार भइरहेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article