समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

आन्दोलनमा सहभागी विद्यालयका कार्यालय सहयोगीमाथि शिक्षकहरूको कुटपिट

शिक्षक आन्दोलनमा सहभागी हुन आएका एक कार्यालय सहयोगीमाथि आन्दोलनरत शिक्षकहरूले कुटपिट गरेका छन्। ‘घुसपैठ’ गरेको आरोपमा काठमाडौँको बिजुलीबजारस्थित पुल नजिकै आन्दोलनरत शिक्षकहरूले पेम्बु नुर्बु तामाङलाई कपडा समेत च्यातेर कुटपिट गरेका हुन्। तामाङ सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नम्बर–३ स्थित श्री बोल्दे आधारभूत विद्यालयका कार्यालय सहयोगी हुन्।

Advertisement

आक्रमणमा परेपछि तामाङले भने, “सिन्धुपाल्चोकको बोल्दे आधारभूत विद्यालयमा काम गर्छु। शिक्षकहरूको आन्दोलन जारी छ भनेर प्रदर्शनमा सहभागी हुन आएको थिएँ, तर आक्रमणमा परें।”

Advertisement

घटनापछि प्रहरीको टोलीले तामाङलाई उद्धार गरी प्रहरी वृत्त नयाँ बानेश्वरमा राखेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले रातोपाटीलाई जानकारी दिएका छन्। कुटपिटबाट तामाङको मुख र कानमा चोट लागेको छ भने उनको लुगा समेत च्यातिएको छ। हाल घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर रातोपाटी डटकमबाट साभार गरिएको छ

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article