समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

शिक्षक र प्रहरीबीचको झडपमा घाइते पत्रकार सविनाको आँखामा गम्भीर चोट

आँखा गुमाएको आशंका गरिएकी महिला पत्रकार सबिना कार्की भएको पुष्टि । बानेश्वरमा शिक्षक र प्रहरीबीच भएको झडपको क्रममा आँखा गुमाएको आशंका गरिएकी महिला शिक्षिका नभई प्राइम टेलिभिजनकी पत्रकार सबिना कार्की रहेको खुलासा भएको छ।

Advertisement

‘मेरो आँखा’ भन्दै रुँदै प्रहरीद्वारा अस्पतालतर्फ बोकिने उनको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो। घटनास्थलमा रिपोर्टिङका क्रममा झडपमा परेर उनको आँखामा चोट लागेको हो।

Advertisement

सुरुमा उनलाई बानेश्वरस्थित सिभिल अस्पताल लगिएको थियो, जहाँबाट चिकित्सकले ट्रमा सेन्टर रिफर गरेका थिए। अहिले उनी तिलगंगा आँखा अस्पतालमा उपचाररत रहेको जनाइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article