समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

चट्याङ लागेर दुई जनाकाे मृत्यु

कास्की । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ स्थित त्रिवेणी ताल पदमार्गमा आइतबार चट्याङ लागेर दुई मजदुरको ज्यान गएको छ।

Advertisement

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका वडा नम्बर ४ का भरतकुमार राई र महेश राईको चट्याङ लागेर मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्तकुमार शर्माले जानकारी दिनुभयो।

Advertisement

दुवै जना त्रिवेणी ताल पदमार्गमा काम गर्ने मजदुर रहेको अन्नपूर्ण गाउँपालिकाले जनाएको छ। गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीका अनुसार आइतबार दिउँसो काम गरिरहेकै बेला अचानक आएको हावाहुरी र वर्षासँगै परेको चट्याङले उनीहरूलाई समातेको हो। घटनाका बेला नौ जना मजदुरहरू काममा खटिएका थिए भने अरु सात जना सकुशल रहेका छन्।

घटनास्थल घान्द्रुकबाट करिब चार घण्टा पैदल हिँडेर पुग्न सकिने दुर्गम क्षेत्रमा पर्छ। त्यहाँ हिउँसमेत परेकाले शव निकाल्न कठिनाइ भएको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार प्रहरी निरीक्षक राजकुमार केसीको नेतृत्वमा चार जनाको टोली घटनास्थलमा पठाइएको छ। शव निकाल्ने कार्य सोमबार बिहानबाट सुरु गरिने प्रहरीले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article