हल्दिबारी । हल्दिबारी गाउँपालिका ३, नयाँ बस्तीका एक १५ बर्षीय बालिका मृत फेला परेकी छिन्। मृतक बालिका दीक्षा मेची, स्थानीय लक्ष्मी माविबाट SEE परीक्षा दिई घर बसेकी थिइन्।
हल्दिबारी गाउँपालिका वडा नम्बर ३ को नयाँ बस्तीमा पालिकाले बनाइदिएको घरमा बस्दै आएकी उनी अबेरसम्म नउठेपछि स्थानीयले झ्यालबाट हेर्दा उनी सुत्ने कोठामा झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।
मृतक बालिकाका बुवा वैदेशिक रोजगारको सिलसिलामा विदेशमा रहेका छन् भने उनको एक भाइ र आमा रहेको जनाइएको छ। प्रहरीले उनको सबलाई आवश्यक जाँचपछि पोस्टमार्टमको लागि मेची प्रादेशिक अस्पताल पठाएको जनाएको छ।