हल्दीबारी । झापाको हल्दीबारी गाउँपालिका वडा नम्बर २ स्थित पग्लाबारीमा गए राति परेको चट्याङले तीनवटा गाई र एकवटा बाख्रोको ज्यान लिएको छ।
वडा नम्बर २ का अध्यक्ष शुकलाल राजवंशीका अनुसार स्थानीय जयराम मुर्मुको घरमा राति करिब १२ बजे परेको चट्याङले दुईवटा ब्याउने गाई, एउटा बाछी र एउटा बाख्रोको घटनास्थलमै मृत्यु भएको हो।

उक्त घटनाले करिब दुई लाख रुपैयाँभन्दा बढीको क्षति पुर्याएको बताइएको छ। चट्याङले थप दुईवटा बाख्रालाई समेत घाइते बनाएको अध्यक्ष राजवंशीले जानकारी दिएका छन्।
