समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

भद्रपुर स्थित उडल्याण्ड होटलको स्विमिङ पुलमा डुबेर ८ बर्षीय बालकको मृत्यु

भद्रपुर । भद्रपुर नगरपालिका–८ स्थित एयरपोर्ट नजिकै रहेको होटल उडल्याण्डको स्विमिङ पुलमा डुबेर एक बालकको मृत्यु भएको छ।

Advertisement

मृत्यु हुनेमा भारत बिहार राज्यको किसनगंज जिल्ला, झरमगञ्ज टोल निवासी सचिन गोस्वामीका अन्दाजी ८ वर्षीय छोरा बिरु गोस्वामी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Advertisement

प्रहरीका अनुसार गोस्वामी परिवार आइतबार घुम्नका लागि झापा आएका थिए। उनीहरू सोही होटलमा बसेका थिए। आइतबार साँझ करिब ६ः३० बजे बिरु स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेका थिए। तत्कालै उद्धार गरी भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पताल पुर्याइएको भए पनि साँझ ६ः५३ बजे उपचारका क्रममा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

हाल घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article