समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

शिक्षक आन्दोलनमा पुगेका माधव नेपालसहितका नेताविरुद्ध नाराबाजी, बिना सम्बोधन फर्किए

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेललगायतका नेताहरू सोमबार शिक्षक महासंघको आन्दोलनमा समर्थन जनाउन नयाँबानेश्वर पुगे।

Advertisement

तर आन्दोलनरत शिक्षकहरूले उनीहरू विरुद्ध नाराबाजी गरेपछि नेताहरू सम्बोधन नगरी फर्किएका छन्। शिक्षकहरूले “शिक्षा ऐन जारी गर” भन्दै ती नेताहरूलाई लक्षित गर्दै चर्को नाराबाजी गरेपछि वातावरण तनावग्रस्त बनेको थियो। भाषणका लागि मञ्चमा पुगेका नेताहरूले परिस्थिति प्रतिकूल देखेपछि सम्बोधन नगरी आन्दोलनस्थल छाडेका हुन्।

Advertisement

शिक्षक महासंघले नयाँ शिक्षा ऐन माग गर्दै निरन्तर आन्दोलन गर्दै आएको छ। उनीहरूले राजनीतिक दलहरूबाट केवल समर्थन होइन, ठोस कानुनी कदम चाहिएको माग गर्दै आएका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article