समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

बिर्तामोडमा दिनदहाडै २९ लाख बराबरको धनमाल चोरी

झापा । झापाको बिर्तामोड नगरपालिका–४, हिमशिखर टोलमा सोमबार दिउँसो दिनदहाडै घरको ढोका फोडेर २९ लाख बराबरको धनमाल चोरी भएको छ।

Advertisement

कमला कार्कीको दुईतले घरको पहिलो तलाको मूल ढोका फुटाएर चोरले चोरी गरेका हुन्। घटनाको समय घरमा कोही पनि थिएन। चोरले दराजमा रहेको नगद ७० हजार रुपैयाँसहित सुनका विभिन्न गरगहना चोरेका छन्।

Advertisement

प्रहरीका अनुसार चोरी भएका गरगहनामा सुनको ढिक अन्दाजी ५ तोला, एक थान ब्रासलेट, दुई थान सिक्री, दुई थान औँठी, चन्द्रमा ४ आनी र सुनको हार ५ तोला ४ आनी रहेको छ। कुल जम्मा १५ तोला ४ आनी सुन र नगदसहित चोरीको मूल्य अन्दाजी २९ लाख रुपैयाँ बराबरको रहेको जनाइएको छ।

इलाका प्रहरी कार्यालय बिर्तामोडबाट टोली खटिई घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article