समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

प्रतिनिधि सभाबाट नयाँ भन्सार विधेयक पारित, राजश्व चुहावट रोक्ने दाबी

काठमाडौं, वैशाख १७ । प्रतिनिधि सभाबाट ‘भन्सार विधेयक, २०८१’ बहुमतले पारित भएको छ। मङ्गलबार बसेको सभाको बैठकले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलद्वारा प्रस्तुत सो विधेयकलाई बहुमतले पारित गरेको हो।

Advertisement

विधेयकमाथिको सैद्धान्तिक छलफलपछि मन्त्री पौडेलले पारित गरियोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत गरेका थिए। उक्त प्रस्तावलाई संसद्का बहुमत सांसदहरूले समर्थन जनाए।

Advertisement

छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पौडेलले भन्सार बिन्दुहरूमा देखिएको बेथिति अन्त्य गर्न र भन्सारसम्बन्धी कानुनलाई संशोधन एवं एकीकृत गर्न विधेयक ल्याइएको स्पष्ट पारे। उनले भन्सार नाकामा राजश्व चुहावट, अनियमितता नियन्त्रण र व्यापारीहरूलाई हुने सास्ती अन्त्य गर्नु विधेयकको प्रमुख उद्देश्य भएको बताए।

मन्त्री पौडेलले विधेयकलाई अझ प्रभावकारी बनाउन रचनात्मक सुझाव दिने सांसदहरूप्रति आभार व्यक्त गरे। उनले यो विधेयक कार्यान्वयनमा आएपछि भन्सार प्रशासन पारदर्शी र प्रभावकारी बन्ने, राजश्व चुहावटमा कमी आउने तथा भन्सार व्यापार सहज हुने दाबी समेत गरे। प्रतिनिधि सभाबाट पारित भएलगत्तै विधेयक अब राष्ट्रिय सभामा पेश हुने प्रक्रिया अघि बढ्नेछ। (फाइल तस्विर)

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article