समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापा अर्जुनधारामा श्रीमतीसँगको झगडा पश्चात् श्रीमानले ब्लेडले आफ्नै घाँटी काटे

झापा जिल्लाको अर्जुनधारा नगरपालिका–८ नारायण चौकमा गएराति एक युवकले श्रीमतीसँगको झगडापछि आत्महत्याको प्रयास गरेका छन्।
२१ वर्षीय दीपक टुडूले राति करिब ९ः३० बजे घरमै श्रीमतीसँग वादविवाद भएपछि ब्लेडले आफ्नै घाँटीमा चोट पुर्‍याएको झापा प्रहरीले जनाएको छ।

Advertisement

घाइते अवस्थामा रहेका टुडूलाई तत्कालै बिर्तामोडस्थित मनमोहन अस्पतालमा लगिएको थियो। प्रारम्भिक उपचारपछि थप स्वास्थ्य जाँच र उपचारका लागि उनलाई प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ।

Advertisement

प्रहरीका अनुसार टुडूको अवस्था अहिले मध्यम रहेको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ। यस घटनाले घरायसी विवादले गम्भीर रूप लिन सक्ने संकेत दिएको छ भने मानसिक स्वास्थ्य र दाम्पत्य जीवनमा संवादको आवश्यकतालाई पनि उजागर गरेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article