समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापाको चारआलीमा सवारी दुर्घटना: मोटरसाइकल चालकको मृत्यु

बैशाख १७ गते, झापा । झापाको मेचिनगर नगरपालिका–१३ स्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

Advertisement

अन्दाजि साँझ ५:३० बजे बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको ना ३ ख २३५३ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको मे ८ प ६४९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए। अर्जुनधारा नगरपालिका वडा नं. १० का ६८ वर्षीय टंक प्रसाद बराललाई उपचारका लागि B&C अस्पताल बिर्तामोड लगिएको थियो। तर, अस्पतालमा साँझ ६:२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

Advertisement

मृतक बरालको शव हाल सोही अस्पतालमा राखिएको छ। ट्रक चालक पाँचथर फिदिम नगरपालिका वडा नं. ११ निवासी ३८ वर्षीय ठालु प्रसाद एक्तेन (लिम्बु) इलाका प्रहरी कार्यालय झापाको नियन्त्रणमा छन्। प्रहरीका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article