समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

रेवतीरमण स्वयंसेवा सम्मान खत्री र कोइरालालाई

भद्रपुर । नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला शाखाको ५१ साधारण सभा तथा सुविधा सम्पन्न रक्तसंसार प्रयोगशाला उद्घाटन कार्यक्रममा झापाका दुई जना रेडक्रस कर्मीलाई रेवती रमण स्वयंसेवा सम्मानद्वारा सम्मानित गरिएको छ।

Advertisement

नेपाल रेडक्रस सोसाइटीमा २०२४ सालदेखि सदस्य बनेर काम गर्दै आउनुभएको हरिध्वज खत्री र २०४२ सालमा रेडक्रस जिल्ला सदस्य समेत रहिसक्नुभएका कल्याण प्रसाद कोइराला लाई कार्यक्रमका प्रमुख अतिथि भौतिक पूर्वाधार विकास मन्त्री देवेन्द्र दाहाल , रेवती रमण नेपालका सुपुत्र सागर नेपाल , रेड्क्रस झापाका सभपति लोकराज ढकाल लगायतले सम्मान गर्नुभएको थियो।

Advertisement

नेपाल रेडको सोसाइटी झापाका पूर्व सभापति समेत रहिसक्नु भएका स्वर्गीय रेवतीरमण नेपालको परिवार र नेपाल रेडक्रस सोसाइटी झापा शाखाले स्थापना गरेको पाँच लाख को अक्षय कोषबाट प्रत्येक वर्ष रेवती रमण स्वयंसेवा सम्मान प्रदान गरिँदै आएको छ।

रेडक्रसको क्षेत्रमा उल्लेखनी सेवा प्रदान गर्दै आउने रेडक्रस कर्मीहरूलाई प्रत्येक वर्ष सम्मान गर्दै आएको रेडक्रस झापाका मन्त्री चन्द्र चुडाले जानकारी दिनुभएको छ। ५१ औ ँ वार्षिक साधन सभाका उपलक्ष्यमा सम्मानित हुने हरिध्वज खत्री र कल्याण प्रसाद कोइराला लाई जनही नगद १५ हजार१ सय ११ रुपैयाँ , सम्मानपत्र सहित दोसला ओडाएर सम्मानित गरिएको थियो। सोही अवसरमा नेपाल सोसाइटी का पूर्व कर्मचारी अमर भण्डारीलाई समेत कदरपत्र सहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो।

सोही अवसरमा सर्वोत्कृष्ट रक्तदान गर्ने संस्थाहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टी बनियानी १६४ युनिट ,रोटरी क्लब अफ बिर्तामोड मिट टाउन १४० युनिट र नेपाल रेडक्रस सोसाइटी उपशाखा दानाबारी ले १३४ युनिट रगत रक्तदान गरेका थिए।

त्यसैगरी झापा जिल्लाभरिका रेडकस उपशाखाहरूमा गौरीगञ्ज उपशाखाले २३२ युनिट खुदुनाबारी उपशाखाले १४५ युनिट र बुद्ध शान्ति उपशाखाले १२४ युनिट रक्तदान गरेका थिए। उक्त अवसरमा रक्तदान गर्ने संघसंस्था र उपशाखाहरू लाई वर्षभरिको मूल्याङ्कन गर्दै सम्मान गरिएको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article