समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापाको बाह्रदशीमा लागूऔषधसहित मेडिकल संचालिका पक्राउ

झापा, वैशाख १७ । झापाको बाह्रदशी गाउँपालिका–५ स्थित बिक्रम बिकास मेडिकलबाट प्रतिबन्धित तथा नियन्त्रित औषधी सहित मेडिकल संचालिका ३९ वर्षीया बन्दना पोखरेललाई प्रहरीले पक्राउ गरेको छ।

Advertisement

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले प्राप्त विशेष सूचनाका आधारमा मेडिकलमा छापा मार्दा ठूलो मात्रामा लागूऔषधजन्य औषधी बरामद भएको हो। चेकजाँचको क्रममा ट्रामाडोल ७९५ ट्याब्लेट, एन्टिकफ ४७० ट्याब्लेट तथा डाईक्लोमिन ३,९८० ट्याब्लेट फेला पारिएको प्रहरीले जनाएको छ।

Advertisement

प्रतिबन्धित औषधी बिक्री वितरण गरिरहेको आरोपमा पक्राउ परेकी पोखरेलमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। प्रहरीले औषधी कहाँबाट ल्याइयो र कसरी बिक्री भइरहेको थियो भन्नेबारे विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article