समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

प्रधानमन्त्री ओली, देउवा र प्रचण्डबीच सिंहदरबारमा उच्चस्तरीय भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन प्रमुख शीर्ष नेताहरूबीच आज सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा महत्वपूर्ण भेटवार्ता हुने भएको छ। भेटमा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनेछन्।

Advertisement

प्रधानमन्त्री ओली र सभापति देउवा सिंहदरबार पुगिसकेका छन् भने अध्यक्ष प्रचण्ड पनि केहीबेरमै त्यहाँ पुग्ने जनाइएको छ। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार भेटघाटमा समसामयिक राजनीतिक विषयहरूमा गहन छलफल हुनेछ।

Advertisement

यो भेटलाई वर्तमान राजनीतिक परिस्थितिमा गठबन्धन, संविधान कार्यान्वयन तथा आगामी राजनीतिक कदमबारे महत्त्वपूर्ण सम्वादको रूपमा हेरिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article