समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

कटारीमा स्कोरपियो दुर्घटना: दमक नगरपालिकाका कानुनी अधिकृत माधवको मृत्यु, ६ जना घाइते

उदयपुर । उदयपुरको कटारी नगरपालिका–६ स्थित सोमबारेमा बिहीबार दिउँसो स्कोरपियो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

Advertisement

प्रहरीका अनुसार बिहीबार दिउँसो ४ः१० बजे चितवनबाट झापातर्फ गइरहेको मे १ च ३०४० नम्बरको स्कोरपियो गाडी अनियन्त्रित भई सडक किनारमा रहेको फलामको ट्रस्ट बेरियरमा ठोक्किँदा दुर्घटना भएको हो। गाडीमा सवार सबै जना झापा जिल्लाका बासिन्दा थिए।

Advertisement

दुर्घटनामा झापा दमक नगरपालिका–३ का ५५ वर्षीय माधव बस्नेतको प्रादेशिक अस्पताल कटारीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइतेहरूको विवरण यसप्रकार छ:

  1. देवेन्द्र तामाङ (३८), दमक–९: दायाँ हात र बायाँ घुँडामा चोट, अवस्था सामान्य।
  2. राजेन्द्र प्रसाद भण्डारी (४९), दमक–१०: बायाँ गाला र हात-खुट्टामा चोट, अवस्था मध्यम।
  3. ज्ञानेन्द्र गौतम (४५), दमक–१: टाउको र बायाँ गालामा चोट, अवस्था मध्यम।
  4. कमल श्रेष्ठ (५४), दमक–६: टाउको र बायाँ पाखुरामा चोट, अवस्था सामान्य।
  5. नवीन खतिवडा (३८), दमक–२: दायाँ हातमा चोट, अवस्था सामान्य।
  6. भुवन दाहाल (५४), गौरादह–१: टाउको र दायाँ हातमा चोट, अवस्था सामान्य।

इलाका प्रहरी कार्यालय कटारीका टोलीले घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article