समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

१३ वर्षे छात्रसँग भागेकी शिक्षिका गर्भवती: प्रहरी अनुसन्धानले उब्जाएको चकित पार्ने तथ्य

सुरत, भारत – गुजरातको सुरत सहरमा एक शिक्षिका र १३ वर्षीय छात्रसँग सम्बन्धित घटना सार्वजनिक भएपछि शिक्षक र विद्यार्थीबिचको सम्बन्धप्रति गम्भीर प्रश्न उठेका छन्। २३ वर्षीया शिक्षिका आफ्नै छात्रलाई लिएर भागेपछि प्रहरीले चार दिनपछि दुवैलाई फेला पारेको हो।

Advertisement

प्रहरीको प्रारम्भिक सोधपुछमा ती शिक्षिकाले आफू पाँच महिनाको गर्भवती रहेको खुलासा गर्दै, “ऊ (किशोर) मेरो गर्भमा रहेको बच्चाको पिता हो,” भन्ने चकित बनाउने बयान दिएकी छन्। शिक्षिकाको यो दाबीले सबैलाई स्तब्ध तुल्याएको छ।

Advertisement

प्रहरीका अनुसार ती शिक्षिकाले किशोरसँग प्रेम सम्बन्ध रहेको र आफू गर्भवती भएपछि नयाँ शहरमा बस्न उनीसँगै भागेको बताएकी छन्। किशोरले पनि प्रहरी समक्ष आफूहरू प्रेममा रहेको र एक वर्षदेखि शारीरिक सम्बन्ध रहेको बताएका छन्। ती शिक्षिकाले उनलाई ट्युसन पढाउने क्रममा सम्बन्ध विकास भएको उल्लेख गरेका छन्।

प्रहरीले किशोरको स्वास्थ्य परीक्षण गराउँदा उनी जैविक रूपमा पिता बन्न सक्ने स्थिति रहेको रिपोर्ट आएको छ। अब शिक्षिकाको गर्भमा रहेको शिशु र किशोरको डीएनए परीक्षण गरेर थप अनुसन्धान अघि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

यस घटनाले शिक्षक र विद्यार्थीबीचको विश्वास, नैतिकता र पेसागत सीमाबारे गहिरो बहसको सुरुवात गराएको छ। प्रहरीले शिक्षिकाविरुद्ध नाबालिगको अपहरणसम्बन्धी मुद्दा दर्ता गरेको छ भने कानुनी प्रक्रिया अगाडि बढाइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article