समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापा शिवसताक्षीमा फर्निचर उद्योगमा भीषण आगलागी, लाखौं बराबरको क्षति

झापा ।  झापाको शिवसताक्षी नगरपालिका–५ स्थित आमबारीमा रहेको एक फर्निचर उद्योगमा आज बिहान भीषण आगलागी भएको छ। घुरण साहद्वारा सञ्चालन गरिएको उक्त काठ फर्निचर उद्योगमा बिहान करिब २ः४० बजे अचानक आगलागी भएको हो।

Advertisement

प्राप्त जानकारीअनुसार आगलागीबाट उद्योगभित्र रहेका विभिन्न काठ काट्ने औजार, सखुवाको काठ, र तयार पारिएका फर्निचर सामग्री पूर्ण रूपमा जलेर नष्ट भएका छन्। यस आगलागीका कारण अन्दाजी १० लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ।

Advertisement

आगलागीपछि स्थानीयवासी, इलाका प्रहरी कार्यालय शिवगञ्जको प्रहरी टोली तथा शिवसताक्षी नगरपालिका, कमल गाउँपालिका र दमक नगरपालिकाबाट आएका दमकलहरूको सहयोगमा बिहान ३ बजे आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। आगो लाग्ने कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको जनाइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article