समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

भारतिय नम्बरको एम्बुलेन्सबाट १ सय ८० किलो गाँजा बरामद

सुनसरी, वैशाख २१ गते। सुनसरीको रामधुनी नगरपालिका–६ स्थित पिडारी क्षेत्रबाट प्रहरीले ठूलो मात्रामा लागूऔषध गाँजासहित एक भारतीय नम्बर प्लेटको एम्बुलेन्स नियन्त्रणमा लिएको छ।

Advertisement

विशेष सूचनाका आधारमा प्रहरीको संयुक्त टोलीले वैशाख २० गते राति ९ बजे भारततर्फ दर्ता गरिएको BR38P5414 नम्बरको एम्बुलेन्स जाँच गर्दा सो एम्बुलेन्समा ६ वटा बोरामा लुकाएर राखिएको करिब १ सय ८० किलोग्राम गाँजा फेला पारेको हो।

Advertisement

इलाका प्रहरी कार्यालय इटहरी, धरान, पकली र रामधुनीबाट खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम लोकमार्ग तथा भित्री सडक खण्डहरूमा सवारी चेकजाँचको क्रममा उक्त गाँजा फेला पारिएको हो।

प्रहरीले एम्बुलेन्स चालक बराहक्षेत्र नगरपालिका–४ का २५ वर्षीय श्रीराज कुमार साहलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय पकलीमार्फत आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article