समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापामा विषालु सर्पको डसाइबाट एक प्रहरी जवान घाइते

झापा । झापामा सर्पको डसाइबाट एक प्रहरी जवान घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी जवान मीनराज राहु मगरलाई गएराति विषालु सर्पले डसेको हो।

Advertisement

प्रहरीका अनुसार राति करिब ११:१० बजे सुकाएका लुगा उठाउन जाँदा मगरलाई सर्पले बायाँ घुँडामुनि टोकेको थियो। सर्पले डसेपछि उनी घाइते भएका र हाल झापाको चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा उपचार भइरहेको जनाइएको छ।

Advertisement

मगरको स्थायी ठेगाना प्युठान जिल्ला, नोबैनी गाउँपालिका–८ रहेको छ। उनी जिल्ला प्रहरी कार्यालय गुल्मीको दरबन्दीमा परे पनि हाल जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत छन्। प्रहरी स्रोतले मगरको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जानकारी दिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article