समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

पूर्वमन्त्री तथा नेकपा एमालेका नेता प्रदीप नेपालको निधन

काठमाडौं, वैशाख २१ । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ।

Advertisement

नेता नेपालको आज मंगलबार दिउँसो सवा चार बजे काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो। उनी केही दिन अघि अस्पताल भर्ना भएका थिए भने सोमबारदेखि उनलाई सघन उपचार कक्ष (आईसीयू) मा राखिएको थियो।

Advertisement

नेता नेपाल लामो समयदेखि पार्किन्सन रोग लगायतका दीर्घ रोगबाट पीडित थिए। स्वास्थ्य अवस्था क्रमशः जटिल बन्दै जाँदा उनी पछिल्लो केही वर्षदेखि सक्रिय राजनीतिबाट टाढा थिए।

विसं २०१० सालमा जन्मिएका नेपालले २०५१ सालमा तत्कालीन एमाले सरकारमा संचार मन्त्रीको जिम्मेवारी सम्हालेका थिए। त्यसपछि उनी शिक्षा मन्त्री समेत बनेका थिए। नेकपा एमालेको स्थायी कमिटी सदस्यका रूपमा उनले पार्टीको नीति निर्माणमा पनि योगदान दिएका थिए। प्रदीप नेपालको निधनप्रति पार्टी नेता कार्यकर्ता तथा शुभेच्छुकहरूले गहिरो शोक व्यक्त गरेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article