समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

ब्राउनसुगरसहित कचनकवलका युवक-युवती बिर्तामोडमा पक्राउ

झापा । झापाको बिर्तामोडमा लागूऔषध ब्राउनसुगरसहित कचनकवलका एक युवक र युवती पक्राउ परेका छन्।

Advertisement

बिर्तामोड नगरपालिका–८ स्थित नारायण कृष्ण टोलमा कविता रिमालको घरमा भाडामा बस्दै आएका कचनकवल–७ का २६ वर्षीय खड्गसिंह माझी र २० वर्षीया मुस्कान भुजेल पक्राउ परेका हुन्। उनीहरूलाई मंगलबार दिउँसो ४ बजे लागूऔषध कारोबार गरिरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोलीले पक्राउ गरेको हो।

Advertisement

प्रहरीले जानकारी अनुसार, भाडामा लिइएको घरको भुइँतलामा रहेको ओछ्यानको सिरानीमुनी लुकाएर राखिएको ६ ग्राम ३२० मिलिग्राम ब्राउनसुगर प्लास्टिकमा फेला परेको थियो। पक्राउ परेका दुवै जनालाई लागूऔषधसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीले लागूऔषध नियन्त्रण अभियानलाई अझ प्रभावकारी बनाइने बताएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article