समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

बिर्तामोडमा बिजुलीको पोल चढेर चोरी गर्न खोज्दा करेन्ट लागेर युवक गम्भीर घाइते

बिर्तामोड । बिर्तामोडमा बिजुलीको पोलमा चढेर चोरी गर्न खोज्दा करेन्ट लागेर एक युवक गम्भीर घाइते भएका छन्।

Advertisement

आज बिहान करिब १:३० बजे बिर्तामोड नगरपालिका वडा नं. २ स्थित राम चौकमा ट्रान्सफर्मरसहितको बिजुलीको पोल मुनि एक पुरुष गम्भीर घाइते अवस्थामा फेला परेका हुन्। उनको नाम, थर र ठेगाना खुल्न नसकेको भए पनि उमेर अन्दाजी २५ वर्षको रहेको अनुमान गरिएको छ।

Advertisement

इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको गस्ती टोलीले उनलाई तत्काल उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा भर्ना गरेको छ। प्रहरीका अनुसार उनको निधार, आँखाको डिलमा चोट लागेको छ भने शरीरका अन्य विभिन्न भागमा गम्भीररूपमा जलन देखिएको छ। हाल उनको अवस्था गम्भीर रहेको जनाइएको छ।

घटनास्थलमा तार काट्न प्रयोग गरिने ह्याक्सो ब्लेड, रेञ्च, प्लास्टिकको बोरा र डोरी फेला परेको प्रहरीले जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उनी चोरीको प्रयोजनले पोलमा चढेको आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article