समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दीबारीमा टिप्परको ठक्करबाट दुई महिला घाइते

हल्दीबारी । हल्दीबारी गाउँपालिका वडा नम्बर ४ स्थित बडाबारीमा टिप्परको ठक्करबाट दुई महिला घाइते भएका छन्। मंगलबारे-बडाबारी खण्ड सडक निर्माणको क्रममा टिप्परले ठक्कर दिँदा स्थानीय २२ वर्षीया रनमाया  तामाङ र २८ वर्षीया गीता तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Advertisement

च.१–प.१८३ नम्बरको टिप्परले पछाडिबाट ठक्कर दिँदा महिलाहरू सवार ट्याक्टरमा क्षति पुगेको थियो। घाइते दुवै जनालाई उपचारका लागि ओम साही अस्पताल, भद्रपुरमा लगिएको छ।

Advertisement

प्रहरीका अनुसार टिप्पर चालकले रक्सी सेवन गरेको अवस्थामा पछाडि नहेरी सवारी ब्याक गर्दा दुर्घटना भएको हो। हाल टिप्पर र चालक दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ र घटनाको अनुसन्धान जारी रहेको जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article