समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

कचनकवलमा घरेलु विवाद : ससुराबाट बुहारीमाथि चुलेसी प्रहार, ससुरा हार्पिक सेवनपछि अचेत

झापा । झापाको कचनकवल गाउँपालिका–७ मा मंगलबार राति घरेलु विवादले हिंसात्मक रुप लिँदा ससुराले बुहारीमाथि चुलेसी प्रहार गरेका छन्।

Advertisement

इलाका प्रहरी कार्यालय बनियानीका अनुसार २०७९ सालदेखि चल्दै आएको पारिवारिक विवादका क्रममा २०८२ साल बैशाख २३ गते राति करिब ८:१५ बजे ७८ वर्षीय प्रेमबहादुर सदेम्बा (लिम्बु) ले आफ्नी बुहारी, ५२ वर्षीया सलानी सदेम्बामाथि तरकारी काट्ने चुलेसी प्रहार गरेका हुन्। प्रहारबाट सलानीको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।

Advertisement

घाइतेलाई प्रारम्भमा भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पतालमा लगिएको थियो भने थप उपचारका लागि राति १०:५० बजे बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा रेफर गरिएको छ। अस्पताल स्रोतका अनुसार उनकी अवस्था हाल मध्यम रहेको छ।

प्रहरीका अनुसार घटनापछि फरार रहेका प्रेमबहादुर सदेम्बा राति ११ बजे आफ्नै घरमा हार्पिक सेवन गरेर अचेत अवस्थामा फेला परेका थिए। उनलाई तत्काल बनियानी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराई थप उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article