समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दीबारीका विकास योजनाबारे मन्त्री राजवंशीसँग छलफल, प्रहरी चौकी र एम्बुलेन्सका विषयमा तत्काल कार्यान्वयन हुने

हल्दीबारी गाउँपालिका भित्रका विभिन्न विकास र पूर्वाधारसम्बन्धी योजना र समस्याहरूबारे छलफल गर्न आज एक प्रतिनिधिमण्डलले भौतिक पूर्वाधार तथा राज्य मन्त्री माननीय भूमिप्रसाद राजवंशीलाई मन्त्रालयमा भेटेर समस्या उपर छलफल भएको नेपाली कांग्रेस नेपाली कांग्रेस हल्दीबारीका उपसभापति होम चुडालले हल्दीबारी डट कमलाई जानकारी दिएका छन्।

Advertisement

भेटघाटका क्रममा जिर्ण अवस्थामा रहेको जलथल प्रहरी चौकीको नव भवन निर्माण योजना ,ध्रुव तारा विद्युत वितरण क्षेत्रको भोल्टेज सुधारका लागि आवश्यक प्रविधिक र पूर्वाधार सुधार सहितका विशेष योजनाहरू माथि विस्तृत छलफल भएको थियो।

Advertisement

स्थानीय स्वास्थ्य सेवा सुधारका लागी नेपाल रेडक्रस सोसाइटी जलसल उपशाखालाई एम्बुलेन्स उपलब्ध गराउने , विपद् र बाढी नियन्त्रणका लागि भुसुडी खोला र देउनिया खोलाका केही स्थानहरूमा तटबन्धन निर्माण गर्ने विषयमा प्रतिनिधि मण्डलले जानकारी गराएको मा जलथल प्रहरी चौकी को नवनिर्मित भवनको लागि छिट्टै ठेक्का प्रक्रिया अगाडि बढाउने र नेपाल रेडक्रस सोसाइटी जलथल उपशाखालाई एम्बुलेन्स उपलब्ध गराउन लागिपर्ने मन्त्री राजबंशीले जानकारी गराउनुभएको थियो

हल्दीबारी गाउँपालिका भित्रका विभिन्न मठमन्दिर हरूलाई संरक्षण गर्ने उद्देश्यले आउँदो बजेटमार्फत सम्बोधन गर्ने मन्त्री राजबंशीले वचनबद्धता दिनुभएको थियो।

नेपाली कांग्रेस हल्दीबारीका सभापति गंगा प्रसाईको नेतृत्वमा पुगेको प्रतिनिधि मण्डलमा कांग्रेस हल्दिबारीका उपसभापति होम चुँडाल नेपाल रेडकस सोसाइटी जलसल उपशाखा सभापति रेमप्रसाद खरेल ध्रुवतारा बहुउद्देश्य विद्युत संस्थाका अध्यक्ष भानुभक्त प्रसाई लगायतको प्रतिनिधि मण्डलले विभिन्न मन्त्रालयका मन्त्री एवं सचिवहरूसँग भेटघाट गरी गाउँपालिकाका समस्याहरूको विषयमा अवगत गराएको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article