समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापामा लागुऔषध ब्राउन सुगरसहित अर्जुन राजवंशी पक्राउ

झापा, वैशाख २५ । झापा जिल्लाको अर्जुनधारा नगरपालिका–८ स्थित क्षेत्रमा लागुऔषध बिक्री वितरण भईरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी शनिश्वरेबाट खटिएको टोलीले लागुऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।

Advertisement

प्रहरीले बुधबार राति १०:३० बजे अर्जुनधारा–८ मा खानतलासी गर्दा ३२ वर्षीय अर्जुन राजवंशीको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर (प्लास्टिक सहित ७३० मिलिग्राम, प्लास्टिक बाहेक ५०० मिलिग्राम), साथै घर बाहिर दाउरा राख्ने कटरामा लुकाएर राखिएको थप ब्राउन सुगर (प्लास्टिक सहित ३ ग्राम ६३० मिलिग्राम, प्लास्टिक बाहेक ३ ग्राम ९० मिलिग्राम), ९ वटा एम्पुल र नगद रु. २७,६७० फेला परेको प्रहरी स्रोतले जनाएको छ।

Advertisement

पक्राउ परेका राजवंशीलाई उक्त लागुऔषधसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article