स्वास्थ्य
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

कैलालीमा थप एकजना महिलामा कोरोना भाइरस पोजेटिभ

कैलालीमा थप एकजना महिलामा कोरोना भाइरस पोजेटिभ भेटिएको छ ।  यसको आधिकारीक रुपमा पुष्टि हुन बाँकी छ।उनी चैत ९ गते वीरगञ्जबाट कैलाली जिल्लामा आएको बुझिएको छ ।वीरगञ्जमा चियापसल गर्ने उनी लम्कीचुहाको भुरुवामा आफन्तसँग बसेकी थिइन् ।

उनी वीरगञ्जबाट आएको थाहा पाएपछि स्थानीय जनप्रतिधिनिले चैत १७ गतेदेखि लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखेका थिए।कोरोना पोजेटिभ देखिएकी भनिएकी ति महिलालाई अहिले धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ल्याइएको छ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)