समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

“मेचीनगरमा पत्रकारितामा एआईको प्रयोगबारे तीन दिने तालिम सुरु”

मेचीनगरमा पत्रकारितामा कृत्रिम बौद्धिकता (AI) को प्रयोगबारे तीन दिने तालिम सुरु भएको छ।

Advertisement

कार्यक्रम मेचीनगर प्रेस क्लबको आयोजनामा काँकरभिट्टास्थित नमस्ते रिसोर्टमा सुरु गरिएको हो। तालिममा सञ्चार विज्ञ भानुभक्त आचार्यले पत्रकारितामा एआईको उपयोगबारे जानकारी गराएका थिए।

Advertisement

झापा जिल्लाका ५० भन्दा बढी पत्रकार सहभागी तालिममा विभिन्न प्रेस संगठनका अगुवा तथा शैक्षिक संस्थाका प्रमुखहरूको उल्लेखनीय उपस्थिति रहेको छ।

कार्यक्रम प्रेस क्लब मेचीनगरका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो, र समापन आइतबार हुने बताइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article