समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

इलाममा आफ्नै १३ वर्षीया नाबालिक छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बुबा पक्राउ पक्राउ

इलाम, १० वैशाख, २०८२ – फाकफोकथुम–३, आमचोकका ३५ वर्षीय एक व्यक्तिलाई आफ्नै १३ वर्षीया नाबालिका छोरीलाई पटक-पटक जबरजस्ती करणी गरेको आरोपमा इलाम प्रहरीले पक्राउ गरेको छ।

Advertisement

प्रहरी चौकी आमचोकमा पीडित बालिकाका हजुरबुवाले जानकारी गराएसँगै बिहीबार बिहानै खटिएको प्रहरी टोलीले पिडित बालिकालाई बालमैत्री प्रकृयाअन्तर्गत उद्धार गरी जिल्ला प्रहरी कार्यालय इलाममा राखी अनुसन्धानमा लिएको छ।

Advertisement

घटनाका आरोपी करिब एक वर्षअघि मात्र छुटेको जेलबाट रिहा भएका थिए। उनले सामाजिक रुपमा अस्वस्थ व्यवहार गर्दै मादक पदार्थ सेवन र झगडा गर्ने गरेको देखिएको प्रहरीले जनाएको छ। श्रीमतीले अर्कैसँग विवाह गरेपछि आरोपी आफ्ना एक छोरा र एक छोरीसहित आमचोकस्थित आफ्नै घरमा बस्दै आएका थिए।

पिडित बालिका शुक्रवार बिहान आफन्तको घर जान लागेपछि स्थानीय बासिन्दाले शंकित भएर सोधपुछ गर्दा घटना सार्वजनिक भएको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र दोषीलाई कडा कारबाहीका लागि इलाम प्रहरी तयार रहेको प्रमुख जिल्ला अधिकारी प्रज्वल श्रेष्ठले जानकारी दिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article