समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

पिकअप भ्यान दुर्घटना: प्रहरी सहायक निरीक्षकको मृत्यु, दुई घाइते

सुनसरीको दुहबी नगरपालिका–३ स्थित फुटानी चोकमा पिकअप भ्यान दुर्घटना हुँदा एक प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

Advertisement

उदयपुरस्थित घरबाट घरायसी प्रयोजनका लागि दाउरा बोकेर दुहबीतर्फ गइरहेको प्र.२–०१–००१ च ०२५१ नम्बरको पिकअप भ्यान अनियन्त्रित भई आइतबार बिहान ११ः५० बजे दुर्घटनामा परेको हो। दुर्घटनामा परी जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत ३० वर्षीय प्रहरी सहायक निरीक्षक विरोध खतिवडाको मृत्यु भएको प्रहरीले जनाएको छ।

Advertisement

दुर्घटनामा गम्भीर घाइते भएका खतिवडालाई तत्काल विराट टिचिङ अस्पतालमा पुर्‍याइएको थियो। तर उपचारका क्रममा दिउँसो १२ः२१ बजे उनको मृत्यु भएको हो। भ्यान तीव्र गतिमा रहेको र अनियन्त्रित भई सडक छेउको फलामको रेलिङमा ठोक्किएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घाइते हुनेमा भ्यान चालक चौदण्डीगढी नगरपालिका–६ का ३८ वर्षीय सुरेश कार्की र उनकी १४ वर्षीया छोरी रोजिना कार्की रहेका छन्। सुरेशको टाउको, छाती तथा शरीरका विभिन्न भागमा चोट लागेको भए पनि रोजिनाको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

मृतक खतिवडा उदयपुरको त्रियुगा नगरपालिका–८, राजाबास निवासी थिए। उनी नारायणहिटी सुरक्षा गारद गुल्म काठमाडौं दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत थिए। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको ट्राफिक प्रहरी स्रोतले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article