समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

भद्रपुरको मकैबारीमा भेटिएको शवको सनाखत: हराइरहेका भुवन जोगी रहेको पुष्टि

झापा । भद्रपुर नगरपालिका–४ स्थित मकैबारीमा सडेगलेको अवस्थामा फेला परेको शवको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृतक भद्रपुर नगरपालिका–२, सोमबारे निवासी अन्दाजी ५० वर्षीय भुवन सिंह जोगी रहेका छन्।

Advertisement

‘भुक्के जोगी’ नामले चिनिने उनी बैशाख २५ गतेदेखि सम्पर्कविहीन थिए। उनको शव आइतबार बिहान करिब ८:५० बजे मकैबारीमा निलो रङको हाफ पाइन्ट, कालो भेष्ट र बायाँ हातमा घडी लगाएको अवस्थामा, उत्तानो परेको अवस्थामा फेला परेको थियो।

Advertisement

घटनाबारे जानकारी पाएपछि प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान अगाडि बढाएको थियो। शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुरमा लगिएको थियो। पोस्टमार्टमपछि परिवारजनले शव बुझेर लगेको प्रहरीको भनाइ छ। घटनाको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article