समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापाको कचनकवलमा बाटोमा लडेर युवतीको मृत्यु

झापा । झापाको कचनकवलमा बाटोमा लडेर युवतीको मृत्यु भएको छ । आज बिहान करिब ६ बजे झापा जिल्लाको कचनकवल गाउँपालिका–३ दल्कीस्थित सन्थाल बस्तीमा एक २६ वर्षीया युवती मृत अवस्थामा फेला परेकी छिन्। स्थानीय विदेन मर्डीकी छोरी आस्मा मर्डी आफ्नै घरदेखि करिब २५ मिटर उत्तरतर्फको बाटोमा लडेको अवस्थामा मृत फेला परेकी हुन्।

Advertisement

उनको शव भाइ सफल मर्डीले देखेपछि घरमा ल्याएका थिए। घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी चौकी पथरियाबाट टोली घटनास्थलमा पुगेको थियो। प्रारम्भिक अनुसन्धानअनुसार शवमा कुनै बाहिरी चोटपटक देखिएको छैन।

Advertisement

युवतीको मृत्युको कारण यकिन नभएकाले थप अनुसन्धान तथा कानुनी प्रकृयाका लागि जिल्ला प्रहरी कार्यालयबाट समेत प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ। समाचार साभार: प्रतिदिन दैनिक

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article